कमला जस्तै दोहोरीमा माहिर रहेकी काजोल मिडियामा

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय सामाजिक संजालमा सर्वत्र छाहेकी छिन् कमला घिमिरे। उनको जादुमय स्वर सुनेर हर कोहि चकित पर्छन। उनी जस्तै मिठो दोहोरी गाउने काजोल जोशी अहिले मिडियाको आँखामा परेकी छिन्।

उनी मिठो दोहोरी गाउनुको साथै स्थानीय एफ.एममा कार्यक्रम समेत् चलाउने गर्छिन। उनमा प्रतिभाको कुनै कमी छैन। कैलाली कुइने घर भएकी उनी अध्धयनको लागि टिकापुरमा बस्दै आएकी छिन्। सुरिलो आवाज मात्रै नभई सहजै दोहोरी फर्काउने काजोलले सानै देखि गायिका बन्ने सपना बुनिरहेकी छिन्।

हालै स्नातक तहको अध्धयन गरिरहेकी उनी नजिकिदै गरेको परिक्षा पछि राजधानी आएर आफ्नो गायन क्षेत्रलाई अघि बढाउने सोच रहेको बताउछिन। लोकप्रिय लोक दोहोरी कार्यक्रम इन्द्रेणीको उनी ठुलो फ्यान भएको कारण इन्द्रेणीमा गीत गाउने इच्छा व्यक्त गरिन। भिडियोमा हेर्नुहोस उनले गाएको यो मिठो गीत।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू