कमल थापाले पूर्वराजालाई राजा ज्ञानेन्द्र लेखेपछि…

admin

काठमाडौं, ३ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ज्ञानेन्द्र शाहलाई ‘राजा ज्ञानेन्द्र’ लेखेका छन् ।

उनले कोरोना भाइरसको संक्रमणमुक्त भई घर फर्किएकोमा खुशी व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा ज्ञानेन्द्र’ लेखेका हुन् । राजसंस्थाको पक्षधर थापाले पूर्व राजालाई राजा ज्ञानेन्द्र भनी लेख्नु अर्थपूर्ण छ ।

सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्ः कोरोना संक्रमणबाट मुक्त भै र पूर्णस्वास्थलाभ गरेर राजा ज्ञानेन्द्र घरफिर्तिको खवरले सबैलाई खुसी बनाएको छ।

बडामहारानी कोमलको समेत शिघ्र स्वास्थलाभको कामना गर्दछु अक्सिजन र बेड नपाएर कैयौं नेपालीले अकालमा ज्यान गुमाउनु परेको बेला कोरोना पराजित गर्ने प्रत्येक नेपालीको खवर सुखद हुन्छ

प्रतिक्रिया