कमल रातभर श्रीमतीसंगै थिए भने कसले गर्यो त बारम्बार रिनालाई फोन ? पथरीकाण्ड समिक्षा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। को हुन् रिना बस्नेत(रुपा) ?

२९ बर्षीय रिना बस्नेत एक सामान्य परिवारमा जन्मे हुर्केकी महिला हुन्। रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरुको १४ वर्षका छोरा छ। सन्तोष विदेश गएपछि उनी आफ्नो एक छोरा साइमन सहित मोरङ जिल्ला पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनको डेरामा बस्दै आएकी थिइन्। उनको डेराको कोठा स्थानीय वीरबहादुर बस्नेतको घरको तीन तलामाथि थियो।

उनी एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर हुन्। उनका श्रीमान बैदेशिक रोजगारीका लागि दुबईमा बस्थे। उनी नेपालमा कस्मेटिक पसल संचालन गर्थिन्। यसरि नै उनको दैनिक गुजारा चलिरहेको थियो।

रिनाको मृत्युको अघिल्लो दिनको दिनचर्या

करिब ७ बजे तिर रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन्। जन्मदिनको रमाइलो माहोलमा रमाउन पुगेकी उनी फोन धेरै पटक आएकोले तनावमा देखिन्थिन्। त्यसैले उनी हतारिदै बर्थडे पार्टीबाट निस्कीईन्।

करिब ९ बजे तिर उनी जन्मदिनको रमाइलो माहोल छोडेर पथरीको प्रस्तावित रंगशाला क्षेत्रमा भएको कन्सर्ट हेर्न छोरा सहित नै पुगिन्। एक घण्टा जति कन्सर्ट हेरेर ११ बजेपछि उनी डेरामा आइपुगिन्। कन्सर्ट हेरुञ्जेल पनि उनको मोबाइलमा फोन आकोआइ थियो। उनी भने फोन काटेको काटेई थिइन्। यी सब गतिबिधिहरु उनका छोराले नियालिरहेका थिए।

उनले बर्थडे पार्टीमा थोरै मदिरा सेवन गरेकी थिइनन्। कन्सर्ट हेरेर डेरा फर्किएपछी उनको आफ्नै छोराले ल्याइदिएको बियर पनि उनले पुरै खाइसकेकि थिइनन्। यसको मतलब उनी त्यति सम्म पनि मदिरामा झुम्म थिईनन् कि उनले आफ्नै ज्यान सम्हाल्न नसकुन्।

रिना बस्नेतको रहस्यमय मृत्यु

बैशाख ७ गते शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे । प्रहरीले खबर पाएपछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो। त्यसपछि हल्लाखल्ला शुरु भयो।

बेलुका सामान्य अवस्थामा सुतेकी रिना बस्नेत बिहान सबेरै घरबाहिर सडकमा नग्न र बिभत्स अवस्थामा भेटीईन्। क्षणभरमै एउटा परिवारमा बज्रपात पर्यो। आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि श्रीमतीलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्म फुट्यो।

आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको मायाबाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालोसँगै सदाको लागि अस्ताइन्। रातिसँगै सुतेका आमाछोरा बिहान उठ्दा आमालाई मृत अवस्थामा त्यो पनि नग्न अवस्थामा, घटना रहस्यमय नै भएको बुझिन्छ।

को हुन् कमल नेपाल ?

सुन्दरहरैँचा नगरपालिका ३ का ३७ वर्षीय कमल नेपाल रिनाको प्रेमी भनिएका छन्। त्यसैगरी ममाघर जाँदा साइमनलाई मोबाइल ट्याब दिएको र रिनालाई बेला बेलामा सपिङ गर्ने पैसा दिने गरेको साइमनको भनाई छ।

विभिन्न सञ्चारमाध्यममा छोरा साइमनले आफ्नी आमालाई कमल नेपालले फोन गर्ने गरेको र सोही दिन पनि निरन्तर फोन गरेको जानकारी दिएका थिए । प्रहरीले पनि कल डिटेलका आधारमा नेपाललाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले रिना र कमलको केही सम्बन्ध देखिएका कारण प्रारम्भिक बयानका लागि पक्राउ गरेको बताएका छन् । उनले भने, ‘उनीहरूबीचमा केही सम्बन्ध देखिएको छ । मोबाइलमा कुराकानी पनि भएको देखिन्छ । अहिले अनुसन्धान गर्दै छौँ ।’

त्यसैगरि, रिनासँग लामो सम्पर्क देखिएपछि उर्लाबारीका व्यापारी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।

रिनाका श्रीमान प्रेमीबारे जानकार थिए ?

लामो समय देखि दुबईमा रोजगारीको शिलशिलामा बस्दै आएका रिनाका श्रीमान सन्तोष बस्नेतले आफ्नो भाई मार्फत आफ्नी श्रीमतीको मृत्यु भएको खबर पाएका थिए। खबर पाउनु लगत्तै आउन नपाए पनि उनी बैशाख ९ गते सोमबारको दिन अर्थात घटना घटेको ३ दिनपछि नेपाल आएका थिए।

३ महिना देखभेट भएर उनीहरुको बिबाह भएको थियो। छोटो समयको प्रेम सम्बन्ध पछि उनीहरु वैवाहिक जीवनमा बाधिएका थिए। उनी यो भन्दा अघिको दशैँमा घर आएका थिए।

उनले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन्। ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन्।

रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन्। पारिवारिक आर्थिक व्यवहार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवाका लागि यो ‘पीडादायी’ नमूना हुन सक्छ।

भाउजुमार्फत श्रीमानलाई पहिला देखि नै रिनाको प्रेमी छ भनेर थाहा भएको खुलाशा

रिनाका श्रीमानले आफ्नो श्रीमतीसँगको सम्बन्ध सुमधुर रहेको र अरु परपुरुषसँग लागेको केहि थाहा नभएको बताएका थिए। तर नाताले भाउजु पर्ने एक महिलाले श्रीमानलाई पहिला नै सबै कुरा थाहा भएको खुलाशा गरेकी छिन्।

उनको पसल रिनाकै कोठा नजिक भएको र गएराती पसलमा पनि आएको बताइन्। रिना र कमल बिचको प्रेम सम्बन्ध उनलाई थाहा थियो। उनले धेरै पटक दुई परिवार नै बिगार्ने काम नगर भनेर पनि सम्झाएकी थिइन्। रिनाले भाउजुको कुरा बेवास्ता गर्दै कमलसँगको सम्बन्ध अघि बढाईरहिन्।

भाउजुको अनुसार परपुरुषसँग सम्बन्ध रहेको थाहा पाएपछि रिनाको श्रीमानले पैसा पठाउन पनि कम गरेका थिए। छोरालाई आवश्यकता पर्दा मात्र उनले पैसा पठाउने गर्थे।

बर्थडे पाटीमा जानु अघि उनी भाउजु कै होटलमा अरु दुई जना पुरुषसँग आएकी थिइन्। एकछिन् बसेर उनी एक्लै निस्कीईन्। उनी निस्किएको ६/७ मिनेट पछि ति दुई पुरुष पनि निस्किएका थिए।

रिना र कमलको ५ वर्षको प्रेम सम्बन्ध मनितालाई कसरि थाहा भएन ?

कमल नेपालकि श्रीमती मनिता नेपालको दुई छोरा छन्। ३२ वर्षको पथरी बसाई पछि व्यवहारिक कुराले उनी बसाई सरेकी थिइन्।

उनका अनुसार रिनासँग सामान्य चिनजान थियो तर, उनीसँगै आफ्नो श्रीमानको प्रेम सम्बन्ध भएको थाहा थिएन। उनी भन्छिन्, ‘यदि मैले थाहा पाएको भए टीका लगाएर पठाउथेँ तर, रिनाको मृत्युपछि मलाई दोषी बनाउन खोजियो।’

मनिताकाअनुसार ससुरालीको जग्गालाई लिएर उनको परिवारमा पनि विवाद थियो। कमलले आफ्नो सालोले कमाएको पैसाबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका थिए । सालो अफगानिस्तानबाट फर्किएर हिसाब खोजे तर, भाका सार्दै जग्गा फिर्ता नगरेपछि कमल र मनिताको सम्बन्ध पनि बिग्रियो।

पथरी आसपासका क्षेत्रमा जग्गाको कारोबार गर्दै आएका कमललाई ४ वैशाखमा ससुराली पक्षका व्यक्तिले पथरी बजारमै कुटपिट गर्दै इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। तर लेनदेनको विषय नेहेर्ने भन्दै प्रहरीले फर्कायो।

विवादकै कारण मनिता बुधबार पथरी गएकी थिइन् । त्यसबेला उनलाई कसैले तेरो श्रीमानले अर्कैसँग बिहे गरेको छ, केही लिएर हिँड्छ भनेर सुनाए। उनी मोरङको सुन्दरहरै‌ंचा नगरपालिका–३ स्थित घर फर्किइन् । शुक्रबार श्रीमानलाई फोन गरेर केटीको सम्बन्धबारे सोधिन्।

तपाईसँग बस्दिनँ भनेर हिँडिन् । इटहरी पुगेर श्रीमानलाई फोन गरिन्, ‘तपाई आइमाई लिएर हिँड्नु हुन्छ रे । छोराहरुलाई काठमाडौंमा लगेर राख्छु र आएर तपाई र त्यो आइमाईलाई जुत्ताको माला लगाएर पथरी बजार घुमाउँछु’ भनिन्।

कमलले घर आऊ, माइतीको जग्गाको कागज गरिदिन्छु भनेर फकाए। उनी घर फर्किइन्। साँझ ६ बजेतिर कमल पनि घरमा आए । मनिताका अनुसार सासु ससुराकै अगाडि केटीबारे सोधिन् तर, कमलले त्यसलाई अस्वीकार गरे।

मनिताले पाथीभरा लगेर कसम खानुपर्ने सर्त राखिन्। कमल भोलिपल्ट विहानै घरबाट हिँडे। मनिताले फोन गरेर ‘म तपाईंसँग बस्दिन’ भनिन्। त्यसको केहीबेरमा कमलले नै फोन गरे, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ’ भने । त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, ‘तैले हिजो सुनेको थिइस् नि। म हिँडेको, डुलेको, खाएको त्यही केटी हो।’

आफ्नो श्रीमानको कोहि परस्त्रीसँग प्रेम सम्बन्ध छ भनेर एक दुई महिना एक दुई वर्ष लुक्ला तर ५ /५ वर्ष सम्म कसरि लुक्न सक्छ। सामान्य हिसाबले सोच्ने हो भने पनि ३२ वर्ष पथरी बसेकी मनितालाई छिमेकि अथवा चिनजानका कोहि व्यक्तिले पनि त श्रीमान को सँग हिड्छ के गर्छ भनेर सुनाए होला नि !

जुन दिन घटना घट्यो त्यहिँ दिन नै मनिताले कसरि श्रीमानको रिनासँग प्रेम सम्बन्ध छ भनेर थाहा पाइन्। जिउदो छउन्जेल केहि कुरा थाहा नहुने मरेपछि उनका श्रीमानले भन्न के जरुरत थियो होला र उनले फोन गरिकन आफ्नो श्रीमतीलाई म हिडडुल गर्ने त्यहि केटि हो भने।

गएराती बारम्बार फोन गर्ने को थिए ?

रिनाका छोरा साइमनको अनुसार गएराति रिनालाई बर्थडे पार्टी र कन्सर्टमा धेरै पटक फोन आएको थियो। यदि कमल नेपाल घरमा नै थिए भने रिनालाई फोन गरिरहने व्यक्ति को थिए ?

कमल नेपालको नम्बरबाट पटक पटक कल आएको कल डिटेल मार्फत जानकारी पाइएको छ। कल डिटेलमा कमलसँग कुरा गरेको पाइएपछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईको भनाई छ।

घरमा श्रीमतीसँग भएको बेला कमलले फोन त पक्कै गरेनन् होला। हुनसक्छ प्रेम सम्बन्ध नभएको प्रमाणको लागि उनकै श्रीमतीले कमललाई फोन गर्न लगाएकी हुन् कि ?

प्रहरीको अनुसन्धान

मृत शब फेला परेको खबर पाए पछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार परि पोस्टमाटमको लागि शब पठाउँदा प्रारम्भिक अनुसन्धानमा लडेर मरेको हुनसक्ने जिकिर गरेको थियो।

रहस्यमय भनिएको उक्त मृत्यु लड्दा बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको थियो। मृतकको शरिरमा कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखिएको छैन।

विभिन्न परीक्षणका लागि फरेन्सिक ल्याब (विधी विज्ञान प्रयोगशाला) पठाइएको र त्यसको रिपोर्ट भने प्राप्त भइनसकेको उनको भनाइ छ। फरेन्सिक रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने र विष वा मदिरा सेवन केही गरेको भए पत्ता लाग्ने जानकारी मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले दिए।

पहिलो, निर्वस्त्र महिला तिन तला माथिबाट खस्दा टाउको फुट्नु पर्ने, रगतको आहाल बग्नुपर्ने, आवाज आउनु पर्ने, छरछिमेकीले सुन्नु पर्ने थियो तर घटनास्थलमा रिनाको शब सरक्क राखिएको थियो। उनको शब नजिक एक ठेला पनि थियो। माथिबाट शब झर्दा ठेलामा बजरिनु पर्ने तर उनको एउटा मात्र खुट्टा कसरि ठेलाको मुनी छिर्यो ?

दोश्रो, जति नै चरित्रहिन महिला भएपनि एउटा महिला ५० फिट परको बाथरूम जान निर्वस्त्र भएर कदापि जादिनन्। एउटा छोरिमान्छेको हिसाबले सोच्दा हामीलाई पनि यो कुरा सान्दर्भिक लाग्दैन।

तेस्रो, अत्याधिक मादक पदार्थ सेवन गरेर लडेर मरेको हो भनेर प्रहरीले भनिरहदा उनको छोराको भनाईलाई मध्यनजर गर्ने हो भने त्यो रात रिनाले अत्याधिक मदिरा सेवन गरेकी थिइनन्। छोरा साइमनको अनुसार उनी नाइट ड्रेस लगाएर सुतेकी थिइन्। उनले लगाएको नाइट ड्रेस किन अझै भेटिएन ? लडेर मर्दा नाइट ड्रेस चाही कता र कसरि उड्यो ?

चौथो, उनको खुट्टामा हिलो लागेको थियो। ओछ्यानमा सुतेको मान्छेको खुट्टामा कसरि हिलो लाग्यो ? उनी लडेको भनिएको घटनास्थलम समेत त्यस्तो केहि हिलो नभएको पाइएको छ।

पाँचौ, उनी बाथरुम जान खोज्दा लडेको भनिएको छ। तर उनको कोठा बाहिरको बाथरुम प्रयोगहिन देखिन्छ। उनले उक्त बाथरुम प्रयोग नगरी अन्य नै बाथरुम प्रयोग गर्ने गरेको जस्तो देखिन्छ।

छैठौ, पोस्टमाटम पछि रिनाको शबको तस्विर सम्म परिवारलाई खिच्न दिइएको थिएन। आखिर किन ? आफ्नै परिवारको सदस्यले पनि आफन्तको मृत्यु हुँदा प्रमाणको लागि तस्विर खिच्न नपाइने हुन्छ र ? पोस्टमाटम रिपोर्टमा कुनै घाउ नदेखिएकोले तस्विर खिच्न दिइएको खण्डमा रिनाको घाउ चोटको तस्विर सुरक्षित रहन्थ्यो।

यी सब कुराहरुको गहन अध्ययन गर्ने हो भने रिनाको हत्या नै भएको हो भन्न नसकियला।

सिसिफुटेजको वास्तविकता

घटनाबारे अनेक शंका उपशंका भइरहेका बेला ठेलावाला देखिएको एउटा सीसीटीभी फुटेज सार्वजनिक भयो, जसलाई मानिसहरुले रिनाको हत्यापछि शव फाल्न लगेको अनुमान गरे।

प्रहरीले पनि ठेला कुदाउने कान्छा शेर्पालाई खोजेर ल्यायो । विहान पौने ५ बजे ठेलामा आलु र प्याज बोकेका उनले प्रहरी समक्ष विहान लास देखेको तर डरले नभनेको बताएका थिए। विहानीपख दमकबाट आएको ट्रकले ल्याएको आलु तरकारी पसलमा पुर्‍याएका शेर्पाको संलग्नता नदेखिएपछि प्रहरीले छाड्यो।

जम्मा २ मिनेटको फुटेज मात्र सामाजिक संजालमा सार्वजनिक भएको छ। ध्यान दिएर समय हेर्ने हो भने सिसिटिभी फुटेज पहिला १ बजेर २६ मिनेटको फुटेज देखाइएको छ जुन आइतबार बैशाख ८ गते यानिकी घटना भएको भोलिपल्ट हो। यँही समयमा एक रिक्सा आएको देखिन्छ। त्यसपछि एकैचोटी ४ बजेर ५८ मिनेटको फूटेज देखाइएको छ जुन शनिबार बैशाख ७ गते घटना भएको दिन हो। त्यस समयमा एक जना पुरुष घटनास्थल तर्फ गइरहेका छन् भने लगत्तै एक महिला घटनास्थलपट्टि बाट आइरहेको देखिन्छ। महिला आउनु सँगसँगै पुरुष पनि पछिपछि आएको देखिन्छ।

घटना पक्कै पनि शनिबारको गएराती २ बजे तिर हुनुपर्छ किन भने रिनाको कोठा तलको पसल साढे एक बजे सम्म खुल्ला रहेको एक स्थानीयको भनाई छ। लाटो दिमागले सोच्ने हो भने पनि यदि घटना साढे एक बजे अघि नै भएको हुन्थ्यो भने पसलका व्यक्तिले पक्कै देख्नु पर्ने।

अतिरञ्जना फैलाएको भन्दै पत्रकारलाई धम्कि

प्रहरीको भनाइमा ‘अनुसन्धान नै पूरा नभइ निक्र्योल नभएको घटनालाई हत्या नै हो’ भन्ने दाबी गर्दै समाचार प्रकाशन र प्रसारण गरेको भन्दै केही अनलाइन र यूट्युब च्यानलका संचालक तथा उनीहरुले प्रस्तुत गरेको संचार सामग्रीको सूची प्रहरीले तयार गरेको छ । यस्ता सामग्री प्रस्तुत गर्ने अनलाइनका पत्रकारलाई समेत प्रहरीले घटनाको अनुसन्धानकै दायरामा ल्याइ सोधपुछ गर्ने तयारी गरेको हो ।

यूट्युब च्यानलहरुमा अभिभावकको अनुमति नलिई मृतकका नाबालक छोराको अन्तर्वार्ता देखाएको, घटनालाई तोडमोड गर्ने गरी शीर्षक राखेर समाचार प्रकाशन गरेको, मृतकको निर्वस्त्र शरीर ‘ब्लर’ नगरी प्रकाशन तथा भिडियोमा देखाएको, प्रहरीले अश्रुग्यासमात्र चलाएको अवस्था तर समाचारमा भने हवाइ फायर गरेको भन्दै सुरक्षास्रोतको भनाइ नै नराखी समाचार प्रकाशित गरेको जस्ता धेरै विषयलाई प्रहरीले ‘नोटिसमा राखेको’ प्रहरी उपरीक्षक केसीले बताएका छन् ।

तर, के कति यूट्युब च्यानल र अनलाइन पोर्टलको सूची तयार भएको छ भन्ने उनले खुलाएनन् ।

बिहीबार मोरङ प्रहरीले विज्ञप्ति प्रकाशित गरी तथ्यमा आधारित संचार सामग्री मात्र प्रस्तुत गर्न आग्रह गर्दै ‘सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्ध गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाइएको’ जनाएको थियो । अनलाइनका सम्पादकलाई टेलिफोन गरी प्रहरी कार्यालयमा आई घटनाबारे जानकारी दिनसमेत आग्रह गरिएको एसपी केसीले जनाए ।

यस्तो छ मोरङ प्रहरीको विज्ञप्ति

पथरीशनिश्चरे न. पा. १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर प्रकासन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानआकर्षण भएको छ ।

घटनाको सुक्ष्म अनुसन्धान भईरहेको विषयमा ‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शीर्षक राखी तथ्यहीन, कपोकल्पित र मनोगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धी मौलिक हकको समेत हनन् हुने हुँदा एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्द गैरजिम्मेवार मिडिया माथि समेत निगरानी बढाईएको छ ।

उक्त घटनास्थल क्षेत्रको सो समयको सिसिटिभि फुटेज प्रहरीले अनुसन्धान गरिरहेको र उक्त रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको स्पष्ट पार्न चाहन्छौं । उक्त सिसिटिभि फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा अन्दाजी ५ बजेको समयमा उक्त स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको छ ।

सो घटना सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकोले सम्बद्द सबैमा जानकारी गरिएको छ ।

९ दिनपछि दाहसंस्कार

रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्।

बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर पथरी उधोग बाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बन्दै आएका थिए।

यसैबीच रिनाको अन्त्येष्टिमा संघर्ष समितिमा आवद्ध ब्यक्तिहरु नगएको बताइएको छ। समितिकी संयोजक पराजुलीले अन्त्येष्टिका नाममा न्यायलाई तिलाञ्जली र आहुती दिन आफूहरु नगएको स्पस्ट पारिन्।‘बलात्कारपछि हत्या भएकाले हत्यारा पत्ता नलागुनजेलसम्म दाहसंस्कार गर्न हुँदैन भन्ने हाम्रो सुझाव थियो।’ उनले भनिन्, ‘हामीलाई खवर नगरिएका कारण अन्त्येष्टिमा गएनौं ।

परिवारका सदस्य र आफन्तले साथ नदिएपछि आन्दोलनका लागि भनेर गठन गरिएको संघर्ष समिति आइतबार साँझ विघटन गरिएको छ ।

यसअघि, घटनाको विस्तृत सत्यतथ्य आउनु पर्ने भन्दै स्थानीयले सोमबार र मंगलबार आन्दोलन गर्दा पथरी बजार तनावग्रस्त बनेको थियो। सोही क्रममा प्रशासनले स्थिती नियन्त्रणमा लिन २९ सेल अश्रुग्यास प्रहार गरेको थियो। सो क्रममा ५ जना घाइते भएका थिए। त्यसैगरि, झडपमा तीन प्रहरी पनि घाइते भएका थिए।

अनुसन्धान फितलो भएको भन्दै इन्चार्ज फेरिए

रिनाको शंकास्पद मृत्युलाई इलाका प्रहरी कार्यालय पथरीको प्रहरी इञ्चार्ज फेरिएका छन्। स्थानीयबासीले सोमबार र मंगलबार आन्दोलन गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले पथरीका इञ्चार्ज प्रहरी निरिक्षक कमल बजगाईंलाई जिल्ला तानेर प्रहरी निरीक्षक सुभास भट्टराईलाई पथरी इञ्चार्ज बनाएको छ।

हाल घटनाको प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। रिना हत्या प्रकरणले इन्चार्ज नै फेरियो। तर पनि घटनाको निचोड भने अझै निस्किन सकेको छैन। के आन्दोलित र आक्रोशित भिडलाई शान्त पार्न मात्र इन्चार्ज फेरिएको हो त ? अहिलेका प्रहरी निरीक्षक सुभासले मिडियामा किन केहि बोलिरहेका छैनन् ?

के अब यो केस पनि निर्मला हत्याकाण्ड जस्तै लम्बिने हो त ? जसरि निर्मलाको आत्मा भड्किरहेको छ अब रिनाको आत्मा पनि न्यायको लागि भड्किने हो त ?

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू