कमाण्डरसहित आठ लडाकू मारिए

admin

मैमाना, अफगानिस्तान, २ मङ्सिर:अफानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् । उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना स्थानीय कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले आइतबार दिएको जानकारी अनुसार पास्थ्तोङ्कोट जिल्लाको सार इ हावज क्षेत्रमा घटना भएको हो । घटना शनिबार भएको पनि उहाँले बताउनुभयो । घटनामा परी स्थानीय कमाण्डरसहित अरु दश जना भने घाइते भएका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया