कमेडी च्याम्पिएन: टप ३ मा पुगे हिमेश पन्त, दर्शकप्रति विशेष आभार प्रकट

अस्मिता बेल्बासे

काठमाडौं, फागुन ७ :  टिभी रियालिटी शो “कमेडी च्याम्पिएन” का एक प्रतिस्पर्धी हिमेश पन्त सिधै टप ३ मा प्रवेश गरेका छन् ।

धादिङको थाँक्रे गाउँपालिका ७ जुगेखोला निवासी पन्त यतिबेला कान्तिपुर टेलिभिजनको रियालिटी शो, “कमेडी च्याम्पिएन” कार्यक्रममार्फत निकै चर्चामा छन्। समसामयीक विषयवस्तु माथि प्रस्तुति दिदै आएका उनी कमेडी च्याम्पिएनको छनोट चरण देखि टप ३ मा स्थान बनाउन सफल भएका छन्।

टप ४ मा प्रस्तुत – “आउनुस् तपाई हामी यस्तो समाजको निमार्ण गरौं जहाँ एकले अर्कोलाई सघाउन पाइयोस् । एउटा निदाउँदा अर्कोले जगाउन पाइयोस् । विदेशी शत्रुलाई मिलिमिल भगाउन पाइयोस् । भ्रष्टनेतालाई छानि छानि जुत्ताको माला लाउनपाइयोस् ।” दमदार विषयवस्तुका आधारमा उनलाई टप ३ मा प्रवेश गराइएको हो ।

उनले टप ३ मा प्रवेश गर्दै गर्दा आफूलाई मिलेको केही सहयोग रकम ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को लागि सोही कार्यक्रम मार्फत ‘सिताराम कट्टेल’ (धुर्मुश) र ‘कुञ्जना घिमिरे’ (सुन्तली)लाई हस्तान्तरण गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण कमेडियन प्रेमीलाई धन्यावाद दिँदै दर्शकहरुको अपार माया र साथले नै यो स्थानसम्म आइपुगेको खुशी प्रस्तुत गरेका छन् । आगामी दिनहरुमा पनि दर्शकहरुको साथ उत्तिनै पाउनेमा पूर्ण विश्वस्त छन्।

केही प्रस्तुति सोचेजस्तो नभए पनि दर्शकले साथ दिएर अगाडि बढाएकोमा आफूलाई अझ उर्जा मिलेको खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भोट दिएर अगाडि बढाउने दर्शक, नराम्रो कमेन्टको पछाडि नलागी अगाडि बढ्न सुझाव दिने ‘कमेडी च्याम्पिएन’ परिवार, हौसला प्रदान गर्ने ‘जज’ र निडर भएर अघि बढ्न हौसला दिएका ‘रवि लामिछाने’लाई समेत विशेष धन्यावाद दिएका छन् ।

निरन्तर दमदार प्रस्तुती दिइरहेका पन्त एउटा क्षमतावान कमेडियन मानिन्छन् तर पनि टप ७ को प्रस्तुतिका क्रममा पन्तको कमेडीले हिन्दु धर्मको अपमान गरेको भन्दै केहीसमय अघि विवाद पनि उब्जिएको थियो । सो विवादित विषयमा कमेडी च्याम्पियनकै तर्फबाट माफी समेत मागिएको छ।

भोटिङको आधारमा रियालिटी शो, “कमेडी च्याम्पिएन” को बन्छ त्यो त हेर्न बाँकी नै छ तर पनि हिमेश पन्त पछिल्लो समयमा लजिकल र चटिलो कन्टेन्टका साथ जजसँगै दर्शकले एकदम रुचाएका कमेडियन भएको जजहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया