कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणी पौडेललाई

admin

काठमाडौं, ३ असाेज : कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । शनिवार भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।

सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन् ।

उनको समर्थनमा प्रशंसकले हर्षोल्लास मनाउँदै नाराबाजी गरेका छन् । विश्वभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो । अन्तिम प्रतिस्पर्धामा विक्की, सन्तोष र भरतमणीबीच कडा प्रतिस्पर्धा भएको थियो । पौडेलले पूर्वयुवराज पारससहितका नेताहरुको क्यारिकेचर गर्दै चर्चा बटुलेका थिए ।

घरबेटी र पूर्वयुवराज पारश शाहको चरित्र चित्रणलाई दर्शकले रुचाएको बताउँदै उनले जिताउने दर्शकलार्ई धन्यवाद समेत दिए । भरतलाई अघिल्लो सिजनका बिजेता हिमेश पन्त लगायतले पनि बधाई दिएका थिए ।

प्रतिक्रिया