करणलाई नै दोष दिएको जवाफका कारण अजय देवगनले जिते कार पुरस्कार

रिता घिसिंग

एजेन्सी : कफी विद करणको सीजन ६ मा बलिउडका कैयैं ठूला स्टारले सहभागिता जनाए । करण जौहरले शोका क्रममा र्यापिड पायर राउण्डलाई रमाइलो बनाउन अनौठो घोषणा गरेका थिए ।

उनले यस सीजनको बेस्ट जवाफलाई एक शानदार ओडी कार दिने घोषणा गरेका थिए । सीजन ६ मा रणवीर सिंहदेखि आमिर खानसम्मले निकै रमाइलो जवाफ दिए । तर ओडी कार भने अजय देवगन जित्न सफल भए ।

खासमा करण जौहरले अजय देवगनसँग सोधेका थिए, त्यो एक अन्धविश्वास जसमा तपाईलाई विश्वास गरेकोमा दुःख लागेको छ । यसमा अजयले भनेका थिए, ‘मलाई लाग्छकी करण जौहरको जुन फिल्महरु क अक्षरबाट शुरु भएपछि हिट हुन्छन् । तर, मेरो यो विश्वास नराम्रोसँग टूटेको छ जब हामीले साथै काल फिल्ममा काम गरेका थियौं ।’ स्मरण रहोस करण जौहर प्रोड्यूसर र अजय देवगनद्वारा अभिनित फिल्म काल फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

अजयको यस जवाफमा उनकी श्रीमति काजोलले भनिन्, मलाई लाग्छ अजयले ओडी कार जित्नेछन् । र भयो पनि यस्तै ।

यसका साथै आमिर खानको जवाफले पनि निकै चर्चा पाएको थियो । उनलाई सोधिएको थियो, यदि कुनै बोटमा शाहरुख र सलमान छन् र तपाई कुनै एक एक्टरलाई बचाउनु परे कसलाई बचाउनु हुन्छ? यसको जवाफमा आमिरले भनेका थिए, ‘म शाहरुखलाई बचाउँछु किनकी मलाई थाहा छ भाई त कहिल्यै डुब्दैनन् ।’

रिपोर्टअनुसार जजहरुलाई सीजनको बेस्ट जवाफ निक्र्योल गर्न निकै सकस भएको थियो । जजको यस प्यानलमा मलाईका अरोडा, किरण खेर, मल्लिका दुआ र वीर दास थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू