करीना कपूर खानको पेट बढेपछि बलिउडमा हंगामा

रिता घिसिंग

एजेन्सी : बलिउडमा करीना कपूर चर्चित अभिनेत्रीहरु मध्यको एक नाम हो । उनी समय समयमा विभिन्न कारणले चर्चामा आउँने गर्छिन् । हालैं उनी गर्भवति भएको खबर आएको छ ।

यो सँगैं सामाजिक सञ्जालमा तैमुरको भाई वा बहिनीको आगमन हुने भयो भन्दैं फ्यानहरुले खुःशी मनाइरहका छन् ।

करीनाको सैफ अली खानसँग केही वर्ष पहिले बिबाह भएको थियो । अहिले करीनासँग तैमुर रहेका छन् । सैंफले भने दुर्इवटा बिबाह गरेका हुनाले तीन सन्तान भएका छन् ।

सैंफ अली खानकी छोरी सारा अली खान पछिल्लो समय सर्वाधिक चर्चामा रहेको नाम हो । यो बिचमा करिना गर्भवति भएको खबर आगो जस्तैं फैंलिएको छ ।

तर वास्तवमा उनी गर्भवति भएकी भने होईनन् । उनको आउँदैं गरेको चलचित्र गुड न्युजको सुटिङका दौरान उनलाई यस्तो अवस्थामा देखिएको हो । चलचित्रमा अक्षय कुमार लगायतको मुख्य भुमिका रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू