करेन्ट लागेर सोलुखुम्बुका वडा अध्यक्षको ज्यान गयो

admin

सोलुखुम्बु, ५ असोज :  करेन्ट लागेर सोलुखुम्बुका वडा अध्यक्षको ज्यान गएको छ । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ज्यान गएको हो ।

मंगलबार बिहान आफ्नै घरको छतमा जाने क्रममा बोकेको रडले विद्युतको तारमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । तामाङको श’वलाई अहिले फाप्लु अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया