करोडपती आइजीपीका छोरा विलासिलता त्यागेर बने योगी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : योगी व्याग्रवेदनाथ बाबा नेपालका एक आध्यत्मिक व्यक्ति हुन्। उनको वास्तविक नाम प्रबन्जन सिहं हो। उनी सम्पन्न परिवारका व्यक्ति थिए। तर उनले परिवार, शोख, आराम, विलासिलताको जीवन त्याग्रेर आज योगी बनेका छन्।

उनी पुर्व आइजीपीका छोरा हुनुको साथै उनकी श्रीमती र एक छोरी पनि छिन्। उनी भन्छन, ‘पुर्वजन्मको कर्म हुनुपर्छ जो अहिले म विलासिलता त्यागेर साधु बने। विगतको दिनलाई भन्दा वर्तमान र भविष्यलाई बढी प्राथमिकता दिन्छु जसकारण विगतका दिनलाई त्यति सम्झिन्न।’

उनी विगत २०७० साल देखि सम्पूर्ण त्यागेर साधुको भेषमा पशुपतिनाथमा बस्दै आएका छन्। उनको पुर्व युवराज पारश शाहसँग पनि निकट सम्बन्ध छ। उनले पारस विरामीपर्दा थाइल्याण्डसम्म प्रसाद लिएर भेट्न गएका थिए।

योगी भएपछि आफुमा धेरै परिवर्तन पाएको उनी बताउँछन्। उनले वर्तमान राजनीतिको बारेमा बोल्दै भने, ‘भुमिलाई चिन्नु अति आबश्यक छ। देशको अबस्था यस्तै हो भने भारतमा विलिन हुने छ।’ त्यस्तै उनले देशमा नैतिक शिक्षा आवश्यक रहेको बताए। हेर्नुहोस उनै योगी व्याग्रवेदनाथ बाबासँग पिएनपिखबरका पत्रकार मनोज खड्काले गरेका कुराकानी  :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू