करोड क्लबमा प्रवेश गर्न सफल ‘फुल होईन’ ले दर्शकको मन जित्दै [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २५ असार  :  नेपाली गीत संगीतमा सानै उमेरदेखि क्रियाशील रहदै आएका एलिस कार्की पनि नेपाली चलचित्र संगीतको करोड क्लबमा प्रवेश गरेका छन् । यस अघिका सबै रेकर्ड तोडेर उनको गीतको भ्युवर्स ३०,२४५,८५९ (समाचार तयार पर्ने बेलासम्ममा ) रहेको छ । लोक शैलीका गीत मात्रै करोडमा पुगिरहेको अवस्थामा रोमान्टिक गीत पनि यसरी रुचाईनु ठूलो उपलब्धी मानिएको छ । एलिसको सबैभन्दा सफलता मिलेको गीत पनि यहि ‘फुल होईन‘ बनेको छ।

चलचित्र “रोज”मा समावेश गरिएको यस गीतमा राजेश कुमार श्रेष्ठको शब्द रहेको छ। नयाँ पुस्ताको भाब बोकेको यो गीत सुन्ने जोकोहीको मनै भावबिभोर बनाउछ। कोरियोग्राफीकै कारण पनि गीत राम्रो मानियो। फिल्म असफल भए पनि गीत सफल हुनुमा एलिसको क्रियसनलाई पनि कारण मानिएको छ । यस गीतको सफलता पछि एलिस पनि बिजी संगीतकार बनेका छन् ।

एलिस कार्की

साईनो, प्रेमगीत-३, बिस्तारै-विस्तारै, हेलो जिन्दगी जस्ता फिल्म अब उनका आउनेवाला छन् । प्रारम्भमा पृष्ठ संगीतबाट चलचित्र संगीतमा प्रवेश गरेका एलिस अव पार्श्व संगीतमा पनि राम्रै जम्मे लक्षण देखिदैछ।

करोड क्लबमा प्रवेश गर्न सफल गीतको भिडियो हेर्नुहोस :

प्रतिक्रिया