कर्णालीको बिकासमा बिचौलिया हावी भए : मुख्यमन्त्री शाही

admin
  • खगेन्द्र हमाल

कर्णाली :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासमा विचौलिया हाबी भएको बताएका छन् । विकासका लागि दिइने सम्पुर्ण बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण कर्णालीका जनताले चाहे अनुसारको अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीले बताएका छन।


रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहीले भने विकास र समृद्धिको बाधक भनेको योजना माग्‍ने र दिनेहरु नै हुन।योजना माग्‍नेले कुनै प्लान र स्टिमेट मागेको छ उनले भने, बजेट र योजना दिनेले पनि त्यतापट्टि विशेष ध्यान नदिएर योजना हाल्ने गरेकै कारण बिकासमा प्रमुख समस्या देखिएको बताए ।

योजना र बजेट दिने तर दिईसकेपछि प्रभावकारी अनुगमन नहुँदा पनि समस्या भएको मुख्यमन्त्री शाहीले बताए ।योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको पाइएको उनको भनाइ छ ।

कतै कम लगानीमा बन्नुपर्ने योजनमा पनि धेरै बजेट माग गर्ने र दिने गरेको समेत पाइएको मुख्यमन्त्री शाहीको भनाइ छ ।यसरी चुस्त अनुगमनका कारण नै समग्र कर्णालीको बिकासमा ढिला सुस्ती भएको जिकिर गरे।

प्रतिक्रिया