कर्णालीमा डुबेर पनि जिवित, रुखको पातमा समेत हिड्न सक्ने अचम्मको जटा माता [हेर्नुहोस् भिडियो]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : ७ वर्ष को उमेर देखि आफुमा भगवान आएको बताउने जटा माता उनको शरीरमा भगवान आए पश्चात उनी पात पातमा हिड्ने गरेको उनले बताइन्। उनले भनिन् ,’जब मलाई हनुमान आएको थियो म पात पातमा हिडे। शिव आउदा म धर्तीमा लडे त्यो बेला ६ जना पुरुषले पनि मलाई उठाउन सकेन। कर्णालीमा हाम फाल्दा समेत म बचे। भगवानले त मर्न पाउदिनस भनेर बचाउनु भयो।’

उनी १५ वर्षको उमेरमा कर्णालीमा हामफालेको बताइन। उनमा काम्ने , बक्ने जस्तो हुन थाल्यो अरुले यसले अरुको हानी गर्छे भन्न थाले त्यसैले उनी कर्णाली नदीमा हामफरालेको उनको भनाई छ। गंगाले पनि त मर्न हुँदैन भनेर भुइँमा फालिदिए भन्दै उनले थपिन ,’म अब ढुंगामा टाउको ठोकेर मर्छु भनेर ढुंगामा आफ्नो टाउको ठोके त्यतिबेला स्वयम् महादेव आउनु भयो। शुरुमा मैले महादेव हो भनि नचिनी राक्षस भन्ठाने अनि तर्सिए। सोहि बेला महादेवलव नतर्सिउ म तिमीलाई सेवा गर्न आएको हो भनेर तिन थरि रुप देखाउनु भयो।’ यसरि उनलाई महादेवले बचाउनु भयो अनि उनी महादेव कै चेला बनिन्। उनले कुनै पनि अन्य गुरुबाट विद्या नलिएको खुलासा गर्दै स्वयम् महादेव उनको गुरु भएको बताइन।

उनले आफ्नो जीवनकालमा थुप्रै रोगीको रोग निको परिसकेकी छिन्। अस्पतालले रोग निको नसकेको बिरामीलाई समेत उनले उनको विद्याले निको पारेको बताइन्। उनी भन्छिन ,’लागेको छ भने डाक्टरले निको पार्न सक्दैन। यो निको पार्न भगवान नै चाहिन्छ।’ अहिले पनि उनी दैलेख स्थित आफ्नो घर देखि काठमाडौँ सम्म बिरामीको उपचार गर्न आएकी हुन्।

उनले आफ्नो जटामा शिवको बास भएकोले फुकाउन नमिल्ने भनिन् तर फेरी उनलाई के सोच आयो उनले झोक्किदै एक्कासी आफ्नो कपालको जुरो फ़ुकाइन अनि देखाइन।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू