कर्णालीमा १ सय ६ जना कोरोना संक्रमित थपिए

admin

काठमाडौं, २२ जेठ : कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिएका छन् ।

बिहीबार थपिएका १ सय ६ सहित कर्णाली प्रदेशमा २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसअघि बिहीबार बिहान मात्रै गण्डकी प्रदेशमा १६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए ।

बिहीबार थपिएका बिरामीको आधिकारिक जानकारी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । योसँगै नेपालमा २४ सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया