कर्णाली नदीमा दुई दिदीबहिनीको श’व भेटियो, चार छोराछोरी र आमा कर्णालीमा हामफालेको आ’शंका

admin

काठमाण्डाै : कर्णाली नदीमा दुई दिदीबहिनीको श’व भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको श’व भेटिएको हो । प्र’हरीकाअनुसार स्थानीय बासिन्दाले श’व देखेपछि प्र’हरीमा खबर गरेका थिए ।

दैलेखको आठबिस नगरपालिका-३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको श’व हिजो बेलुकी भेटिएको हो ।

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ । दुई जनाको श’व भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आ’शंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आ’शंका गरिएको उहाँले बताउनुभयो ।

घरायसी झ’गडाका कारण यो घ’टना भएको हुनसक्ने अनुमान गरिएको छ । प्र’हरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किनु भएको थियो ।

प्रतिक्रिया