कर्णाली नदीमा बेपत्ता चार जनाको श’व भेटियो

admin

दैलेख, २५ फागुन : दैलेखको आठबीसकोट नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र तीन बच्चाको श’व कर्णाली नदीमा भेटिएको छ । सुकी बडुवाल चार छोराछोरीसहित सोमबार बिहानदेखि बे’पत्ता भएकी थिइन् । घटनास्थल पुगेका दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको श’व मंगलबार दिउँसो कर्णालीको पल्लो किनारा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ बेलखेतमा भेटिएको हो ।

सुकीकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल र माहिली छोरी १२ वर्षीया सरिता बडुवालको श’व सोमबार अछामको बेलखेतमै भेटिएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए । सँगै बे’पत्ता भएकामध्ये चार जनाको श’व भेटिए पनि सुकीको कान्छी छोरी रजनी बडुवालको अवस्था जानकारी हुन नसकेको डीएसपी श्रेष्ठले बताएका छन् ।

सुकी उनका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवालसँग अघिल्लो साँझ घरायसी वि’वाद भएको र सोमबार बिहानै चार सन्तानसहित घरबाट निस्किएकोमा सोमबार दिउँसो दुई छोरीको श’व भेटिएपछि कर्णाली नदीमा हा’म फालेको हुन सक्ने अनुमान गर्दै प्रहरीले खोजी थालेको थियो ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी इञ्चार्ज डीआईजी वसन्तकुमार पन्त, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठ मंगलबार बिहानै घटनास्थल पुगेका हुन् । मृ’तकहरू दैलेखका भए पनि अछामको क्षेत्रमा श’व भेटिएका कारण पो’स्टमार्टम गर्न अछाम लैजाने तयारी भइरहेको छ ।

घरमा दिनहुँजसो झ’गडा भइरहने गरेकाले सुकी बडुवालले चार छोराछोरीसहित आफूले आ’त्म’ह’त्याको निर्णय रोजेको हुन सक्ने आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोराले टिप्पणी गरिन् ।

प्रतिक्रिया