कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित

खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो।सँसदमा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री शाहीले उक्त बजेट कर्णालीबासिको हितमा रहेकोे बताउनुभयो।


सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको भन्दै मुख्यमन्त्री शाहीले कमिकम्जोरिलाई करेक्सन गर्दै कर्णालीको बिकासमा सरकार संबेदनसिल भएर अगाडी बढेको बताउनुभयो।बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्दछ भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण भएको र काम गर्नका लागि अपर्याप्त संरचना र जनशक्ति हुनाका साथै पर्याप्त जनशक्ति पनि कम अनुभवी भएकाले समस्या उस्तै रहेको बताउनुभयो।

कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसख्या र चालु आर्थिक वर्षमा मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशा योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले सदनमा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया दिए।बजेटमाथि झण्डै एक महिना छलफल गरिएको थियो । प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेस गरेका थिए । आगामी वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोडको वजेट ल्याएको छ।

प्रतिक्रिया