कर्णाली सरकार नोट र भोटका पछि लाग्दा बिकासले गति लिएन: सांसद खत्री

खगेन्द्र हमाल

कर्णाली: कर्णाली प्रदेश सभा सदस्य खड्क बहादुर खत्रीले कर्णाली प्रदेश सरकार नोट र भोटका पछि लाग्दा बिकासले गति लिन नसक्ने बताए। मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै सदस्य खत्रीले सरकारका मन्त्रीहरुलाई नोट र भोट देखि टाढा रहने शंकल्प गर्न आग्रह गरे। नोटमा कमिसन र भोटका निम्ति आफ्ना मान्छे पछि लगाउन छाडे मात्रै बिकास निर्माणले तिब्र गति लिन सक्ने बताए ।

उक्त बैठकमा बोल्दै खत्रीले भने सबैभन्दा पहिले जनताबाट निर्वाचित जनप्रतिनिधिहरु,पार्टीका निकट ब्यक्तिहरु,आफ्ना आफन्त नातेदारहरु देखि टाढा रहनुपर्छ।कागजको मात्रै प्रगति हेर्ने हामी र देखाउने सरकार हामी सबैले नोटमा कमिसनतिर नलाग्ने र भोटमा आफ्नो मान्छे आफ्नो पार्टी छोड्ने शंकल्प गरौ भने ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशको विकासमा बिचौलिया हावी भएको सार्वजनिकरुपमा अभिव्यक्ति दिईरहदा सदस्य खत्रीले बिचौलिया देखि टाढा रहन कर्णाली प्रदेश सरकारलाई आग्रह गरे।

आज सरकारको नेतृत्व गर्ने ब्यक्ति हामी बिचौलियाले कर्णाली प्रदेशको बिकासमा बाधा पुर्याए भन्दै हिड्ने समय आयो भन्दै सदस्य खत्रीले बिचौलिया बाट सरकार धेरै टाढा रहनुपर्यो,बि*चौलिया देखि मात्रै होइन कमिसन दिने मान्छे देखि टाढा रहनुपर्यो,र कमिसन बाट टाढा रहे मात्रै बिकासले गति लिने बताए।

मिठो बोलेर ठुला- ठुला भाषण गरेर कर्णाली प्रदेशमा केही परिवर्तन नहुने बताए ।कर्णाली प्रदेशका माननीयज्युहरुले अब क्षेत्रमा गएर के कस्तो बिकास भएको छ फिल्ड अनुगमन अनुसन्धान गरेर रिजल्टको समिक्षा गर्नेबेला भएको बताए ।

प्रदेश सभामा बोल्दै सदस्य खत्रीले संघ सरकारले अलपत्र पारेका योजनाहरुलाई पुरा गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गरेका गराए।कर्णाली प्रदेशभित्र थुप्रै योजनाहरु अलपत्र परेको भन्दै ती योजनाहरु सम्पन्न गर्नको लागि संघ सरकारसंग समनय गरेर थप बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराए।

संघीय सरकारबाट बिनियोजित भएका बजेटहरु अनुमानका भरमा डिपिआर चाहिँ काठमाडौमा बसेर गुगलका भरमा टेण्डर भएका योजनाहरु पुर्ण रुपले बजेट नआएको र आज त्यो बजेटलाई प्रदेश सरकारले पहल नगरेकोमा प्रदेश सरकारलाई तत्काल पहल गर्न ध्यानाकर्षण गराए। सदस्य खत्रीले भने जाल हानेर बिकासले गति लिन नसक्ने भन्दै कर्णाली प्रदेश सरकारलाई फिल्डमा गएर काम गर्न सुझाव दिए।

प्रतिक्रिया