कर्णाली सरकार बदल्न ढिला भैसक्यो, छिटो बदलौ :- किरण सापकोटा

खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशका प्रभावसाली नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता समाजसेवी कर्मठ निष्ठावान ब्याक्तित्व युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य किरण सापकोटाले कर्णाली प्रदेश सरकारले जनताले आपेक्षा गरेअनुसारको काम गर्न नसकेको र तत्काल सरकार परिवर्तन नगरे पार्टीले ठुलो क्षति बेहोर्नु पर्ने बताएका छन।सामाजिक संजालमार्फत एक स्टाटस लेख्दै उनले यस्तो अभिव्यक्ति ब्यक्त गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीका लागि आन्दोलन एउटा उर्जा हो र यस आन्दोलनले पार्टीका नेता कार्यकर्ताहरुलाइ जनउत्तरदायी र लोककल्याणकारी बनाउछ भने यहाँ सबै कुराको थाहा पाएर पनि नेतृत्वपदमा पुगेपछि सबै कुरा भुल्ने पुरानै सिस्टम हावी हुँदा राजनीति नेतृत्व युवा नेता कार्यकर्ताले गरेको त्याग तपस्या योगदान र निर्वाचनमा आम जनता समक्ष गरेका बाचाहरु अलोककल्याणकारी हुने र यसले कम्युनिस्ट आन्दोलनलाई नै उथलपुथल बनाउने भएकोले तत्काल यसको निकास गर्नुपर्ने बताए।

जवसम्मा राजनीतिक नेतृत्व जनताका नोकर बन्दैनन तबसम्म जनताको जिवनस्तर र देश बिकासमा कुनै पनि परिवर्तन हुन नसक्ने भएकोले राजनीतिक नेतृत्वले जवाफदेहिताको पुर्ण परिपालन गर्न नसके नेतृत्व स्वयंम आफैले विकल्प दिनुपर्ने कम्युनिस्टको सिद्धान्त भएकोले यसको पालना गर्न कर्णालीका शिर्ष नेतृत्वलाई अनुरोध व्यक्त गरेका छन।

कम्युनिस्ट पार्टी सर्वहारा जनताको हकहित र संरक्षणको निम्ति लडेको पार्टी भएकोले नागरिकको अवस्था बुझी दिन दु:खी र असाहयलाई सहयोग गर्नु यसको आफ्नै छुट्टै पहिचान रहेको र शासकीय जिम्मेवारीमा रहेकाहरु जनताको चाहना, कार्यकर्ताको भावना र निर्वाचनका घोषणापत्र र आफुले गरेको बाचा अनुसार आफ्नो जिवनब्यबहार बनाई सम्बन्धित भुगोलको बिकाश समृद्धि र त्यस क्षेत्रका युवाहरुमा सँस्कार रुपान्तरणका लागि सकारात्मक अभियान चाल्नु पर्नेमा कर्णाली प्रदेश सरकारको अढाई बर्षिय कार्यकालमा यो सरकार बाट यस्तो अहिलेसम्म गुणात्मक परिणाममुखी कार्य गर्न सम्भव नभएकोले प्रदेश सरकार पुनर्गठन गर्न पार्टीले गहिरो समिक्षा गर्नुपर्ने बेला भएको स्पष्ट पारेका छन।

नेपाल कम्युनिस्ट पार्टी प्रचलित लेलिनवादी संगठनात्मक सिद्धान्त मान्ने अनुशासित कमिटी प्रणालीबाट चल्नुपर्छ।र त्यही मुल्य मान्यता अनुसार सरकार संचालन जिम्मेवारी नेतृत्वमा रहेकाहरुले पनि आफ्नो काम कर्तव्यको पालना गर्नुपर्ने उनले बताएका छन।

सरकारको नेत्रुत्व सम्बन्धित संसदिय दलबाट चुनिदा राम्रो।तर संबिधानको सर्बोच्चतालाई मान्ने हाम्रा शिर्ष नेताहरु संसदिय दलको मर्यादाको धज्जी उडाउदै आफू अनुकुल निर्णय गर्दै हिड्दा कर्णाली प्रदेश सरकारको हालत आजको अवस्थामा पुगेको र कर्णाली प्रदेश सरकार जनउत्तरदायी नभएको दावी गरे।

यो सरकारले जनताको हितमा काम नगर्ने भएकोले अब पनि यो सरकारको विकल्प नखोजे यसले आगामी दिनमा नराम्रो नतिजा दिने बताए।यो सरकार यस क्षेत्रको बिकाश र समृद्धिको नेत्रुत्व गरेन, गर्न सक्दैन र गर्ने क्षमता नै राख्दैन। शिर्ष नेताहरु यस्तो सरकार कर्णाली बासीलाई चाहिदैन।कृपया अब बदल्नुस।ढिला भइसक्यो।भन्दै सामाजिक संजाल मार्फत उनले यस्तो अभिव्यक्ति दिएका छन।

प्रतिक्रिया