कर्मचारीमा संक्रमण पुष्टि भएपछि, यूएईको नेपाली दूतावासमा कन्सुलर सेवा बन्द

admin

काठमाडौं, ६ माघ : यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । तीन जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।

तर, अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ । दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना संक्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया