ट्रम्पको कम्पनीले कर नतिरेको आरोपपछि, ट्रम्पद्वारा खण्डन

अस्मिता बेल्बासे

एजेन्सी, १२ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

आफूले कर तिर्दै आएको ट्रम्पको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आएका छन् । उनले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताएका थिए ।

घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ ।  ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ ।

ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गरेका छन् ।

प्रतिक्रिया