कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

admin

काठमाडौं, कात्तिक २४ : पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको पाइएको छ । अन्तरिक राजश्व विभागले निकालेको सूचनामा नेकपाका संघीय सांसद बाँस्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला नगरेको उल्लेख छ ।

अर्बपति विनोद चौधरी,उद्योगी सुरज वैद्य, प्रचण्डका घरभेटी ठेकेदार शारदाप्रसाद अधिकारी, काँग्रेस सांसद तथा ठेकेदार बहादुरसिंह लामालगायतका कम्पनीले पनि भ्याट नतिरेको पाइएको छ ।

त्यसैगरि मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाउनेमा चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा पनि रहेकी छिन् । उनको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित उनको कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन ।

निर्देशक थापा हाल ए मेरो हजुर ४ को शुटिङमा व्यस्त छिन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले पनि ०७४ सालयताको कर दाखिला गर्न बाँकी रहेको विभागको सूचीमा उल्लेख छ ।
जनता समाचार बाट

 

प्रतिक्रिया