कलाकार दाहालको निधन

admin

काठमाण्डौ : कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा नि’धन भएको छ। लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान निध’न भएको हो।

कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’ र ‘भकुन्डे भुत’ लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन्। कलाकार हरिवंश आचार्यले दाहालको नि’धनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्र’द्धाञ्जली दिएका छन् ।

“आदरणीय दिदी शुसिला दाहालले हाम्रा लालपुर्जा, चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भएको स्मरण ताजै छ। उहाँको निधनले हामीलाई मर्माहत गरेको छ”, कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया