कलाकार रमेश केसीको निधन

admin

काठमाडौं, ३ असोज : हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन भएको छ । ६९ वर्षीय केसीको आइतबार बिहान गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिएका छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुगेसँगै छायांकन सेटमा पुगेर केही समयपछि उनी बेहोस भएको पाइएको हो ।

बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरिएको हो । कलाकार केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ । वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् ।

केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।

प्रतिक्रिया