कसरी फैलियो प्र’हरी प्रधान कार्यालयभित्रै कोरोना ?

admin

काठमाडौं, १९ साउन : प्र’हरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्र’हरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्र’हरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ दिनको अवधिमा) संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्र’हरी अस्पताल पठाइएको थियो । प्र’हरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो ।

सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ ।

प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्र’हरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ ।

केन्द्रीय प्र’हरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए । ‘संक्रमणको स्रोत के हो र कसरी स-यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

शनिबार मात्रै ट्राफिक ‘प्रहरी महाशाखाका दुई ट्राफिक प्र’हरीमा समेत संक्रमण पुष्टि भएको थियो । ट्राफिक महाशाखामा संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ४२ जना महाशाखाभित्रै क्वोरेन्टिनमा छन् ।

महाशाखा प्रमुख ढकालका अनुसार महाशाखामा पहिलेबाटै क्वारेन्टिनमा बसेका ६१ जनाबाहेक २ सय ८१ जनाको कोरोना परीक्षणको तयारी महाशाखाले गरिरहेको छ । प्र’हरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित देशभर आइतबारसम्म २ सय ५३ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । महेश्वर गाैतमले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया