कांग्रेसका नेता-कार्यकर्ता गरी सयौंको संख्यामा नेकपा प्रवेश

अस्मिता बेल्बासे

सुनसरी, १२ असोज : इनरुवाको जल्पापुरमा सोमबार सयौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज तथा पूर्व पर्यटन मन्त्री भीम आचार्यले स्वागत गरेका हुन् ।

सो अवसरमा नेता आर्चायले दिनहुँ नेपाली कांग्रेस र अन्य पार्टीबाट सयौंको संख्यामा देशव्यापी रुपमा नेकपा प्रवेश गर्ने को घुईचो लाग्नुले मुलुक नेकपामय भएको बताए ।

नेकपाको विकल्प नेकपा नै भएकोले जनभावना अनुसार सरकारले काम गरेर नै देखाउनुपर्ने भन्दै पार्टीको सहमतिमा सरकार बढे सरकार लोकप्रिय हुने र आगमि निर्वाचन मा नेकपासंग प्रतिस्पर्धी पार्टी नै हराउने आचार्यले बताए ।

आचार्यले आइतबार सुनसरीको धरानस्थित विष्णुपादुका गाविस लगाएतमा बाढीपहिरोबाट क्षति बेहेरोको घर परिवारलाई राहत र पुनर्स्थापना को लागि भेटेर आएका थिए । तीन महिना आगाडी पनि सुनसरीका बाढी पहिरो पिडितलाई राहत तथा पुनर्स्थापनाको व्यवस्था गरिसकेका छन् ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, पोष्ट नेपाल पप्पू मण्डल, जिल्ला सदस्य परशुराम यादव लगाएतको उपस्थित रहेको थिए ।

प्रतिक्रिया