कांग्रेसको अवरोधकाबीच अगाडि बढ्यो चिकित्सा शिक्षा विधेयक

मनिषा थापा

काठमाण्डौ : कांग्रेसको अवरोधकाबीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक शुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिनुभएको थियो ।

विधेयक पेश गर्ने अनुमति दिए लगत्तै मन्त्री पोखरेल मर्यादापालकको सुरक्षा घेराबीच राष्ट्रममा पुगेर संसदमा विधेयकमाथि छलफल गरियोस भनेर प्रस्ताव पेश गर्नुभएको थियो ।

छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गर्नुभयो । विधेयक पारित भईरहँदा कांग्रेसका सांसदहरुले चर्को नाराबाजी गरेको थिए ।

प्रतिक्रिया