कांग्रेसको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको संस्थापन पक्षको निष्कर्ष

admin

नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका बिषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको बिभिन्न बिचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताउनुभयो । उहाले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसंग परामर्श गरेर निष्कर्षमा पुराउने दावि गर्नुभयो । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उहाले बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिनुभयो । उहाले महाधिवेशनपछि पदाधिकारी थप गर्ने बिषयमा छलफल भएको बताउनुभयो ।

कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत लगाएतले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया