कांग्रेस काभ्रेका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !

admin

काभ्रे, ८ असोज : भोलीका लागि तय भएको काँग्रेसको काभ्रे जिल्लाको गाउँ तथा नगर अधिवेशन स्थगित भएको छ । नेपाली काँग्रेस काभ्रेका प्रवक्ता महेश पौडेलले भोलीका लागि तय भएको अधिवेशन स्थगित भएको जानकारी दिए ।

केन्द्रले काभ्रे जिल्लाका लागि खटाएको निर्वाचन अधिकृत सम्पर्कविहिन छन् । यसबारेमा जानकारी लिन निर्वाचन अधिकृत राजेन्द्र लामिछानेलाई हामीले बारम्बार फोन गर्दा समेत उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

अहिले उनको मोबाइल अफ रहेको छ । लामिछाने विना सूचना बेपत्ता भएका काँग्रेस जिल्ला सभापति मधु आचार्यले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोली हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पनि उनले जानकारी दिएका छन ।

प्रतिक्रिया