कांग्रेस नेता पुनको कोरोना सङ्क्रमणबाट ज्यान गयाे

admin

डोटी : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्या’न गएकाे छ ।

केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली जानुभएको थियो ।

उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्या’न गएकाे हो ।

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया