कांग्रेस शीर्ष तहका नेताको बैठक भोलि बस्ने

admin

काठमाडौं, १४ साउन :  सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष तहका नेताको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६–१९ मा हुने महाधिवेशनका लागि केही जिल्लाकाे क्रियाशील सदस्यता छानबिनको विवाद टुंग्याएर समाधान निकाल्न ५ दिनको समय दिएको छ।

यही बिषयमा छलफल गर्न भोलि पनि देउवा निवासमा बिहान ११ बजे बैठक बोलाइएको हो। क्रियाशील सदस्यताको छानबिनका लागि असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाएको थियो।

तर, बुधबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बिहीबार दिउँसोसम्म समय दिएर थप मिलाएर ल्याउनु भनेको थियो। सोही अनुसार बिहीबार प्रतिवेदन सच्चाएर बुझाइएको छ।

प्रतिक्रिया