काकाससुराद्वारा बुहारीको बलात्कार गरी घाँटी रेटी बिभत्स हत्या

रिता घिसिंग

बझाङ : बझाङमा एक महिलाको शब अर्थनग्न अवस्थामा गोठमा फेला परेको छ । जिल्लाकाे सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

उनका छिमेकी ससुरा नाताले काका पर्ने लोकेन्द्र पुजाराले जुनाको निर्मम हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै गर्धनमा प्रहार गरेको र उनलाई गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतक महिलाको तल्लो शरिरको लुगा नभएको बताएका छन् । तर बलात्कार नै हो भन्ने कुरा यकिन गर्न नसकिएको उनको भनाइ छ । पोस्ट मार्टम रिपोर्टपछि मात्रै बलात्कार भए न भएको एवं हत्याको कारण पत्ता लाग्ने उनले बताए ।

हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

प्रतिक्रिया