काङ्ग्रेस केन्द्रीय समिति बैठक बिहीबार

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ भदौ: नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबारका लागि बोलाइएको छ । बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आज केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया