काङ्ग्रेस सदैव जीवन्त पार्टीको रुपमा स्थापित रहन्छ : कार्की

admin

इनरुवा, १६ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेस सदैव जीवन्त पार्टीका रुपमा स्थापित रहने बताउनुभएको छ । इद, बकरइद, करम पूजा, जितिया, विजयादशमी, दीपावली, नेपाल संवत् १९३९ तथा छठपर्वको उपलक्ष्यमा काङ्ग्रेस सुनसरीले इनरुवामा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “समयको माग, जनताको भावना र देशको आवश्यकतालाई बुझेका कारण काङ्ग्रेस सदैव जीवन्त पार्टीका रुपमा रहिरहन्छ ।”

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका कार्कीले काङ्ग्रेसले सबै परिस्थितिलाई बुझेका कारण आम नेपाली जनताको मन, मस्तिष्क र झुपडीमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो । पार्टीका जिल्ला सभापति तथा प्रदेश नं. १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
-रासस

प्रतिक्रिया