‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

admin

नेपालगञ्ज, बाँके, १२ असोज : नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त भवन निर्माण गर्न उपमहानगरपालिकाले पहल सुरु गरेको कार्यवाहक नगर प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उक्त भवन निर्माण निर्माणका लागि छुट्याइएको जग्गा तारबार गर्दा केही स्थानीयवासीले अवरोध गर्न खोजेपछि विवाद समाधान गर्न स्थलगत अवलोकन गरिएको जानकारी दिँदै निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन उपमहानगरपालिका अग्रसर भएको उहाँले बताउनुभयो ।

छाडा चौपायालाई व्यवस्थित गर्न यस्तो स्थल आवश्यक भएकाले निर्माण कार्य अघि बढाउन लागिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले बताउनुभयो । उहाँले उपमहानगरपालिकाको जग्गा भित्र निर्माणमा कसैले अवरोध गर्न खोजे त्यस्ता व्यक्तिलाई कानुनी कारवाही प्रक्रियामा ल्याइने उल्लेख गर्नुभयो । नेपालगञ्जका छाडा चौपायालाई विगतमा बाँके राष्ट्रिय निकुञ्जमा छोड्ने गरिएकामा निकुञ्जले अबरोध पु¥याएपछि उपमहानगरपालिका उक्त भवन निर्माणमा लागेको हो ।
-रासस

प्रतिक्रिया