काठमाडौँमै भेटिए अचम्मका बालक, उपचारको लागि आमा सडकमा भिख माग्दै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजधानीको न्युरोडको यो कहालीलाग्दो दृश्य हेर्नुहोस, यहाँ एउटा बालकको टाउको फुलेको देखिन्छ ।

बच्चाको अनुहारमा निर्दोषपन झल्किरहेको छ जो उठ्न सक्दैन थियो र आमाले उनलाई बिस्कुट खान दिइरहेकि थिइन्। गहभरि आशु पारेर बाटोमा हिड्ने बटुवाहरुसँग उपचारको सहयोगको लागि पैसा मागिरहेको थिइन् उनकी आमा फूलकुमारी मिश्र ।

बाटोमा हिड्ने मानिसहरुले १०,२०, ५०, १०० जति सक्थे त्यति नै सहयोग गरिरहेका थिए। स्पष्टसँग नेपाली भाषा बोल्न नाआउने फूलकुमारी रौतहटकि हुन् । रौतहटमा छोराको उपचार सम्भव नहुने भएपछी उनी छोरालाई बोकेर काठमाडौँ आएकी हुन्। हाल उनी दिउसोको समयमा काठमाडौँको बिभिन्न स्थानमा सडकमा बसेर छोराको उपचारको लागि रकम जुटाईरहेकी हुन्छिन भने रातमा काठमाडौँको मनमैजुमा भाडामा लिएको कोठामा रात गुजार्ने गर्छिन ।

अनुहारमा मन्द मुस्कान लिएर आमाले दिइरहेको बिस्कुट खाइरहेको २ बर्षका यी बालक हुन् रौतहटका बज्रंगी मिश्र। उनको आमा फूलकुमारी मिश्रको भनाईलाई मान्ने हो भने उनको टाउकोमा पानी जमेको छ। उनको अनुसार उपचारको लागि धेरै रकम आवश्यक पर्ने भएतापनि यो रोगको उपचार नेपालमै सम्भव छ।

उपचारको लागि करिब १० लाखको जरुरत पर्ने तर आफ्नो आर्थिक अवस्था निकै कम्जोर भएकोले उपचारमा कठिनाइ भएको उनले बताइन । बिगत ६ महिनादेखि बज्रंगिको टाउकोमा पानी जमेको हो। उनको शरीरको तौल भन्दा ५ गुणा बढी टाउकोको तौल छ अर्थात शरीरको २ केजी र टाउकोको तौल १० केजी छ।

टाउकोमा पानी जमेतापनी बज्रंगिले भात, दाल, रोटी, बिस्कुट सबै खाने गरेको उनले बताइन। छोराको यस्तो हालत भएपछी श्रीमान समेत पागल भएको र अहिलेसम्म अत्तोपत्तो नभएको उनले बताइन। स्थानीय तहबाट समेत उनलाई कुनै सहयोग नभएको उनले बताइन। उपचारको लागि धेरै व्यक्तिले सहयोग गरिदिने भनेतापनि हालसम्म सहयोग हुन नसकेको उनले बताइन।

दर्शकवृन्दहरु एक निर्दोष बालकलाई के थाहा थियो र उसलाई गम्भीर रोग लागिरहेको छ भनेर तैपनि सडकपेटीमा बसेर सुख्खा बिस्कुट खाएर रोगको भारी बोकेर बस्न बाध्य यी बालकलाई धेर थोर सहयोग गरेर उपचार गरि बचाउन तपाईहामी एकपटक जुट्नुपर्ने बेला आएको छ। थोरै भएपनि सहयोग गरेर मानवीय कार्यमा जुट्न हामी बिनम्र अनुरोध गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू