काठमाडौँसम्म पेट्रोलियम पाइपलाइन द्रुतमार्ग हुँदै ल्याउने

admin

काठमाडौं, साउन २५ : निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिनुभयो । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उहाँको भनाइ छ ।

रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया