काठमाडौंकाे धुलाेबाट इँटा निर्माण गर्दै महानगर

admin

काठमाडौं, ७ साउन : महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ। महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ।

उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएको खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ। ‘धुलोलाई के र कसरी प्रयोग गर्ने भनेर छलफलमै छौं।’ उनले भने । महानगरको उक्तm धुलोलाई खाल्टाखुल्६ी पर्ने, माटो आवश्यक परेको ठाउँमा प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया