भोलि काठमाडौंका यी ठाउँमा बिजुली आउँदैन

admin

काठमाडौं, पुस २१ : कलंकी-चक्रपथ-गोपीकृष्ण चक्रपथ विस्तारका लागि मंगलबार रुख कटान गर्ने भएकाले सुकेधारा, न्युकोलोनी, ढलाने पुल, निलोपुल क्षेत्रमा सात घण्टा विद्युत बन्द हुने भएको छ। चक्रपथ विस्तारका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेकाले विद्युत बन्द हुने भएको हो।

नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तार कार्यका लागि रुख काट्ने भएकाले बन्द गर्ने जानकारी दिइन्।

‘नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तारका लागि मंगलबार रुख कटान गर्ने छ’, उनले भनिन्, ‘विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडरअन्तर्गतका क्षेत्रमा मात्र विद्युत बन्द हुने छ। ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।’ सूचना अधिकारी अर्यालले कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत बताइन्।

प्रतिक्रिया