काठमाडौंको फोहोर फागुनदेखि बञ्चरेडाँडामा

admin

काठमाडौं, १९ पुस:  काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ। नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नम्बर १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ। आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ। विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ। पहिलो चरणमा सेल नम्बर १ मा फोहोर व्यवस्थापन गर्दै सेल नम्बर २ को बाँकी काम गरिने समाचार गोरखापत्र दैनिकमा छ। अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन्।

स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी दिए। त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ। जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नम्बर १ तयार हुँदैछ। यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताए।

जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ट्रेन्च बनाइएको छ। ट्रेन्चमाथि पिबल ९गोला ढुङ्गा०लाई जियोटेक्सटायलले बेरेर खाल्डो भरिन्छ। त्यसपछि चिम्ट्याइलो माटोले वाटर प्रुफिङ गरिनेछ। त्यसमाथि पानी नछिर्ने गरी जियोमेम्ब्रेन ओछ्याइने छ। त्यसमाथि पिबल राखेर लेदो ९लिचेट० पानी निकाल्ने पाइप बिछ्याइन्छ’, उनले भने।

लेदो संकलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ। पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ। फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ।

प्रतिक्रिया