काठमाडौंको स्युचाटारमा लुटपा’ट गर्ने दुई जना प’क्राउ

admin

काठमाडौं : प्र’हरीले लुटपाट गरेको आरोपमा दोहोरी साँझका दुई जना कर्मचारीलाई प’क्राउ गरेको छ। महानगरीय प्र’हरी वृत्त, कालिमाटीको टोलीले काठमाडौंको दरबारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुई जनालाई प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र दोहोरीमा ड्राइभर काम गर्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-२ चौतारा घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन्।

उनीहरूले गत शनिबार राति १ बजे काठमाडौंको स्युचाटारमा प्रविनकुमार भण्डारीलाई लु’टपा’ट गरेका थिए। प’क्राउ परेकाहरूबाट प्र’हरीले लु’टपा’ट भएको सवा ३ तोलाको सुनको सिक्री, दुई तोला सुनको औंठी, साढे एक तोलाको ब्रेसलेट ब’रामद गरेको छ। प्र’हरीले उनीहरूको बा ३ च ६६४९ नम्बरको मारुती भ्यान कोटेश्वर बालकुमारीस्थित ग्यारेजबाट नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया