काठमाडौंमा आज वर्षकै कम तापक्रम

admin

काठमाडौं, पुस १२ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ। यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।

उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ। दिउँसो बिस्तारै हट्दै जाने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन्। काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। तराईका अधिकांश भेगका अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ।

सडकमा यातायात सञ्चालनमा समस्या भएको छ भने हवाई उडान पनि प्रभावित भएका छन्। चिसोबाट विषेश गरी वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित हुने भएकाले खानपान र जिवनशैलीमा ध्यानदिन चिकित्सकले सुझाव दिएका छन्।

प्रतिक्रिया