काठमाडौंमा एक जना कोरोना संक्रमितको मृ’त्यु, संक्रमणबाट मृ’त्यु हुनेहरुको संख्या ३६ पुग्यो

admin

काठमाडौं, २७ असार । केएमसी अस्पताल सिनामंगलमा मृ’त्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृ’त्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको टोलीले शनिबार विहान उनको श’व व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया