काठमाडौंमा ३२ सहित ४७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

admin

काठमाडौं, १८ असार : बिहीबार नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

ललितपुरका २, भक्तपुरका २ र काठमाडौं, २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।

प्रतिक्रिया