काठमाडौंमा ५८३ सहित १,२०७ संक्रमित थपिए, थप आठजनाको मृ’त्यु

admin

काठमाडौं, असोज १० : नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । शनिबार एक हजार २०७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ७२४ जना रहेका छन् । तीमध्ये ५८३ जना काठमाडौंका, ७८ जना ललितपुरका र ६३ जना भक्तपुरका हुन् । त्यस्तै, मोरङमा ७८ र रुपन्देहीमा ७३ जना संक्रमित थपिएका छन् ।

२२४ आइसीयू र २७ जना भेन्टिलेटरमा
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ । जसमा १० हजार ५०८ जना ‘होम आइसोलेसन’मा र सात हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभर २२४ जना ‘आइसीयू’मा र २७ जना भेन्टिलेटरमा रहेका छन् । गएको २४ घन्टामा १० हजार १९ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

थप १,१४७ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३.८ प्रतिशत हो ।

थप आठजनाको मृ’त्यु
पछिल्लो २४ घन्टामा थप आठजनाको मृ’त्यु भएको छ । मृ’तकमा २० देखि ८८ वर्षीय पुरुषहरु हुन् । काठमाडौंका २० र ७४, ललितपुरका ७६, भक्तपुरका ८८, रुपन्देहीका ७२, मकवानपुरका ७४, कैलालीका ३० र सप्तरीका ६३ वर्षीय पुरुषको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको ०.६५ प्रतिशत हो ।

प्रतिक्रिया