काठमाडौं उपत्यकामा आज १९८ जना संक्रमित

admin

काठमाडौं, ८ माघ : बिहीबार देशभर तीन सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा तीन सय ३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६८ हजार ६ सय ४६ पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई सय २६ जना निको भएसँगै संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ६२ हजार आठ सय ६८ जना पुगेको छ ।

अहिले नेपालमा तीन हजार सात सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार संक्रमण पुष्टि भएकामध्ये एक सय ९८ जना काठमाडौं उपत्यकाका रहेका छन् । यस्तै थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ७९ पुगेको छ ।

प्रतिक्रिया