काठमाण्डौ उपत्यकामा ६९६ सहित १४५४ कोरोना संक्रमित थपिए

तुलसी नेपाल

काठमाण्डौ – पछिल्लो २४ घण्टमा काठमाण्डौ उपत्यकामा ६९६ सहित देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३६ हजार ६ सय ७२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ६ हजार ६ सय ३४ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया