‘काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ’

तुलसी नेपाल

काठमाण्डौ – काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकामा पूर्ण रुपमा कडाई गर्नेबारे छलफल सुरु भएको छ । काठमाण्डौका सिडिओ जनकराज दाहालले नाका पूर्ण रुपमा ठप्प पारिए काठमाण्डौ उपत्यकामा भोकमरीको अवस्था सिर्जना हुने तर्क गरेका छ । तर, उनले नाकामा कडाई गर्ने हो भने नेपाली सेना परिचालन गर्नुपर्ने तर्क गरेका छन् ।


आज बसेको प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिको बैठकमा आफ्नो धारणा राख्दै सिडिओ दाहालले यस्तो बताएका हुन् । उनले काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका कडाई गर्नको लागि नेपाली सनो नै खटाउनुपर्ने तर्क गरे । यद्धपी उनले नेपाल प्रहरीलाई आफूले असक्षम र काम गर्न सकेन भनेर भन्न नखोजेको बताउँदै प्रहरीको धेरै जिम्मेवारी रहेकोले नाका व्यवस्थापन गर्न सेना खटाउनुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सेना खटाउनुपर्छ भनेर आफूहरुले यसअघि नै कोभिड १९ संकट व्यवस्थापन सेन्टरमा प्रस्ताव पठाई सकिएको स्पष्ट पारे । पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेकोले उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

प्रतिक्रिया