काठमाण्डौ : खड्का गाउँमा आगलागी, एक जनाको ज्या’न गयो

admin

काठमाडौं, माघ ६ : काठमाण्डाैको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको ज’लेर ज्या’न गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्र’हरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्र’हरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिनुभयो ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । खड्काको छाती, पेट र ढाड पुरै जलेको बोहोराले जानकारी दिनुभयो ।

घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्र’हरीमा खबर गरेका थिए ।

प्रतिक्रिया