‘कान्स फिल्म फेस्टिभल’मा यस्ती देखिइन् प्रियंका (फोटोफिचर)

रिता घिसिंग

फ्रान्स : विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् ।

भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् । ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित भएको प्रियंकाले जानकारी दिएकी छिन् ।

रिचार्ड निसनले संचालन गर्दै आएको ‘एड्भेन्चर्स अफ ह्यूमानिटी’ र ज्याक्सन फाउन्डेशनले ‘वल्र्ड पिस नाइट’ आयोजना गरेको थियो । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा यस अघि नेपालबाट नायिका भने कोही सहभागी भएका छैनन् । तर यसपाली नेपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी भएकी छिन् । उनी, विश्वकै ठूलो फिल्म महोत्सवमा सहभागी हुने पहिलो नेपाली नायिका हुन् ।

प्रतिक्रिया